धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौं- धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७:५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए।

Navadurga sun

त्यसपछि ८:२० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए। उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...