पहिरोले पुरियो विद्यालय भवन

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बैतडी- अविरल वर्षाका कारण सिगास गाउँपालिका–८ स्थित लेकलुपुड माविको १२ कोठाको दुई वटा भवनमाथि पहिरो खसेको छ । बिहान एक्कासि माथिबाट पहिरो खस्दा ७२ लाख रुपियाँ लागतको चारकोठे नयाँ भवन र आठकोठे पुरानो भवन पहिरोमा पुरिएको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले मानवीय क्षति नभएको बताइएको छ । बिहानदेखि परेको अविरल वर्षासँगै भवनमाथि पहिरो खस्दा विद्यालय भवन पुरिएको र अन्य संरचना जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर धामीले बताए । कक्षा १२ सम्मको पढाइ हुने लेकलुपुड माविमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

Malpot office dadeldhura

पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि आइतबारदेखि विद्यार्थीलाई कहाँ राखेर पठाउने ? चिन्ता बढेको उनले बताए । विद्यालयमाथि खसेको पहिरोले बाँकी रहेको भवन पनि जोखिममा परेको छ ।

विद्यालयमाथिबाट निरन्तर पहिरो खसिरहेकाले आइतबारको पठनपाठन गर्न समस्या भएकाले गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए । लेकलुपुड मावि च्वाँगढ क्षेत्रको सिगास गाउँपालिकामध्येकै अग्रणी विद्यालय हो । सङ्घीय सरकारको अनुदानमा गाउँपालिकाले ठेक्कामार्फत ७२ लाख रुपियाँमा नयाँ भवन निर्माण गरेको थियो ।

भवन निर्माणको काम सकेर रङरोगन चलिरहेका बेला नयाँ र पुरानो भवनमाथि पहिरो खस्दा करोडौँका संरचना जोखिममा परेको विद्यालयले जनाएको छ । सिगास बैतडीका १० वटै स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा रहेको गाउँपालिकामा पर्छ । २०७८ र २०७९ सालमा सेती नदीको बाढीले सिगास गाउँपालिका–५ र ६ मा १०३ जना परिवारको घरखेत बगाएको थियो ।

 

add haru
Dadeldhura Aspatal & Ban
Loading...