
धनगढी- कैलालीमा प्रहरी टोलीले एक लाख बढीका भन्सार छलिका सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकमा भन्सार छलिका एक लाख ६ हजार बराबरको टेन्टको सामान, फ्यान ठुलो, हार्डवेयर, झिलमिला लाईट, लाईट रोल, लगायतका सामानहरू बेवारिसे अवस्थामा बरामद गरेको हो ।


यस्तै ट्राफिक चोकबाटै भन्सार छलिका अन्दाजी १३ हजार मूल्य बराबरको सुपर पावर, बिडी, कट्टु लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले उक्त सामान बिहीबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

