
कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलसहित अबैध बोईलर कुखुरा बरामद बरामद गरिएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–४ वैवाहमा भन्सार छलीका ६५ किलोग्राम बोईलर कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी झिलमिलाबाट खटिएको टोलीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको जनाएको छ।

