टीकापुर घटनाका ४ कैदीलाई संविधान दिवसका दिन कैद मुक्त गरिने

धनगढी- टीकापुर घटनाका चार कैदीलाई संविधान दिवसका दिन कैद मुक्त गरिने भएको छ। टीकापुर घटनामा संलग्न भएको अभियोगमा कारागारमा रहेका चार जनालाई आगामी असोजमा संविधान दिवसका दिन कैद मुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको जनाइएको छ।

Dadeldhura hospital

कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले माफी पाए पनि अन्यले कारागारमै कैद भुक्तान गरिरहेका छन्। श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरि नारायण चौधरी कारागारमै छन्।

Navadurga sun
Godawari sandesh

सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले उनीहरूको सजाय माफी दिलाउने पहल गरेको छ। पार्टीले माफीको निवेदन दिन कैदी बन्दीलाई आह्वान गरेको छ। टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैद भुक्तान गरिरहेका मध्ये कैलालीमा तीन जना र पोखरामा एक जना रहेका छन्।

रेशम चौधरीले आममाफी पाएर कैदमुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अन्यलाई माफी दिन आग्रह गरेका थिए। प्रधानमन्त्रीले टीकापुर घटनासँग सम्बन्धित कैदी बन्दीलाई माफीको आश्वासन दिएका थिए।

 

Loading...