
कैलाली- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट मंगलबार राति ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शङ्का लागेर धनगढी उपमहानगरपलिका–५ का २८ वर्षीय अनमोल शाहले चलाएको से ७ प १४०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट २ ग्राम १ सय १० मिलीग्राम ब्राउनसुगर भेटिएको छ ।


ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले फेला शाहसँगै मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय जमनसिंह धामीलाई पनि पक्राउ गरेको छ ।

