बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते

बझाङ- बझाङमा ग्यास बिस्फोट हुँदा एक जना घाइते भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास बिस्फोट हुँदा मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन्।

उनको मंगलबार बिहान ७ बजे कुखुरा फर्ममा ग्यास बिस्फोट भएको मष्टा प्रहरी चौकी भातेखोलाले जनाएको छ। सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...