बझाङमा मन्त्री सवार गाडी दुर्घटना, सेनाको हेलिकोप्टर जाँदै

धनगढी- बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। गाडीमा ५ जना सवार थिए।

Navadurga sun

उनीहरूलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी भरतबहादुर बोहोराले जानकारी दिए।

उनका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि जाँदैछ। गाडी दुर्घटनामा परेसँगै सँग सँगै स्कटिङमा हिँडेको अर्को गाडीमा सजार प्रहरीले उनीहरूको उद्धार गरेको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...