कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका–६ बेलुवा सडक खण्डमा टिकापुर वडा नम्बर–१ का २९ वर्षीय बिशाल ज्ञवाली र २६ वर्षीय रोशन सुनार पक्राउ परेका हुन्।

बिशालले चलाएको सु।प।प्र।०१०११ प ७२४३ नम्बरको मोटरसाइकललाई शंकालागि चेकजाँच गर्दा चिनी र दाल राखेको कट्टा भित्र प्लाष्टीकको पोकामा लुकाई छिपाई राखेको ४ ग्राम ८१० मिलिग्राम लागुऔषध फेलापारि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun

मोटरसाईकलसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...