डडेल्धुरामा अचानक गोठमा आगलागी

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ उत्तरखेडाका ६८ वर्षीय धौल सिंह भाटको १ तले गोठमा बिहीबार आगलागी हुँदा दुई पशु चौपायाको मृत्यु भएको छ।

दुई पशु चौपाया जलेर घाइते भएका छन्। भाटले एक वटा गोरु, एक वटा गाई जलेर मृत्यु भएको र एक वटा गोरु, एक वटा गाई घाइते भएको छन् । गोठ नजिक कुणो पकाउन बालेको आगोबाट अचानक गोठमा आगलागी भएको हो । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

 

 

Loading...