धनगढीको एक घरमा आगलागी

धनगढी- धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीबार आगलागी भएको हो।

Dadeldhura hospital

घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लुगा कपडा, काठ पात जली अन्दाजी २० हजार बराबरको सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

Navadurga sun
Godawari sandesh

दमकल, प्रहरी र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...