अझै सञ्चालनमा आएन ‘सिटी हल’

दोधारा चाँदनी- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह ९सिटीहल० प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

Ganyapdhura gau

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ ।

Navadurga sun
Godawari sandesh

सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताए ।

Dadeldhura hospital

“सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भए पनि सञ्चालन गर्न सकिएको छैन ।” उनले भने,“विभिन्न समस्याका कारण नगर विकास समितिको बैठक नै नियमित बस्न सकेको छैन ।” हालसम्म नगरपालिकाले सभागृह सञ्चालनका लागी आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन ।

स्थानीय नरेश जोशीले राज्यको करोडौँ रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए । “सुविधा सम्पन्न सभाहल बनेर प्रयोग नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो ।” उनले भने,“अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।”

उनले सभागृह सञ्चालनमा आए कुनै कार्यक्रमको आयोजना गर्नुप¥यो भने चर्को शुल्क तिरेर होटेलमा जानुपर्ने बाध्यता हट्ने बताए। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ ।

अपाङ्गमैत्री सभागृहमा एक हजारजना अटाउने क्षमता छ । यहाँका स्थानीयवासीले भने सभागृह जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोजनमा ल्याउनुपर्ने बताएका छन । “सभागृहमा अहिले नगरपालिकाले भूमि आयोगको कार्यालय राखेको छ जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोगमा ल्याउनुपर्छ ।”

स्थानीयवासी मदन चन्दले भने,“समागृह महेन्द्रनगरको आवश्यकता भएरै निर्माण गरिएको हो हालसम्म सञ्चालनमा आउन नसक्नु दुःखद हो ।” २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाख बढाएर रु आठ करोड ५१ लाखमा सभागृह निमार्ण सम्पन्न भएको थियो । रासस

Couple
Loading...