डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं- सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो।

Dadeldhura hospital

मुख्यसचिव शंकरदास बैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो। तर उनलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरिएको हो।

Navadurga sun
Godawari sandesh

चैतमा अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो।

अर्याल मुख्यसचिव नियुक्त नहुँदा असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जाने थिए। स्रोतका अनुसार वर्तमान मुख्यसचिव बैरागीलाई कुटनीतिक वा अन्य नियुक्ति दिने सहमति भएपछि उनी पद छाड्न तयार भएका हुन्।

Loading...