स्रोत नखुलेको रकम बरामद

gyan kendra dadel

इटहरी- सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ। कोशी गाँउपालिका वडा नं. ८ को चारकुने नाकाबाट स्रोत नखुलेको पैसासहित दुईजना पक्राउ परेका छन्।

Khanepani dadeldhura

सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले भारतबाट नेपाल पैदल आउँदै गरेका भारत बिहार राज्य जिल्ला दरभङ्गा ग्रामपञ्चायत वडा नं १ का ३१ बर्से अमलजित मुखिया र सोही ठाउँका १८ बर्से अमितकुमार पक्राउ परेका हुन्।

ajaymeru gaupalika
udhok dadeldhura

दुवैलाई शंका लागि जाँच गर्ने क्रममा अवैध रूपमा स्रोत नखुलेको दुई लाख २५ हजार ७७५ भारतीय रूपैयाँसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको छ।

यस्तै, कोशी गाउँपालिका वडा नं २ बाट भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेको बराह क्षेत्र वडा नं ७ का १७ बर्से कुशल गुडीलाई शंका लागेर जाँच गर्दा लागुऔषध बरामद गरेको छ। उनका साथबाट सशस्त्र प्रहरीले डाइजेपाम, फेनरगन, एभीलगायतका लागुऔषध बरामद गरेको डिएसपी प्रेमप्रसाद सिग्देलले बताए।

सशस्त्र प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका वडा नं ६ बाट भारतबाट नेपालतर्फ साइकलमा लोड गरी ल्याउँदै गरेको ३४ हजार रूपैयाँ बराबरको किराना र इलेक्ट्रोनिक सामान पनि प्रहरीले बरामद गरेको छ।

 

Loading...