चेक बाउन्स गरेको आरोपमा दार्चुलाका वडाध्यक्ष पक्राउ

धनगढी- चेक बाउन्स गरी ठगी गरेको आरोपमा दार्चुलाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन् ।

Dadeldhura hospital

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टंक कुँवरलाई दिएका थिए । तर, उक्त खातामा रकम नै नभएको पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

वडाध्यक्ष धामीलाई उच्च अदालत दीपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो । तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो । त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । धामी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

Loading...