अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

gyan kendra dadel

बाजुरा- जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।

Khanepani dadeldhura

२०८० जेठ ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हिमाली गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।

ajaymeru gaupalika

वडा कार्यालयको ढोका तोडफोड गरी त्यहाँ रहेका महत्त्वपूर्ण कागजात जलाउनुका साथै तीन वटा कुर्सी, कम्प्युटर, प्रिन्टर समेत तोडफोड गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

udhok dadeldhura

उनले भने, ‘भोलि त्यो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि शिविर बसाल्ने तयारी थियो । वडा कार्यालयमा तोडफोड गरी कागजात जलाएपछि सो काम स्थगित भएको छ ।’

वडा कार्यालयनजिक कवाडी प्रहरी चौकी छ । प्रहरी चौकीबाट सो वडा कार्यालयमा पुग्न पैदल ५ मिनेटको समय लाग्छ । हिमाली गाउँपालिकाका स्थानीयको सहजताका लागि केही वर्ष यता कवाडीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको थियो ।

नागरिकको जीउ धनको सुरक्षाका लागि त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरे पनि यहाँका नागरिक असुरक्षित रहेको स्थानीय रामदल बुढाले बताए । उनले भने, ‘वडा कार्यालयनजिक जुवा, तास खेल्ने र जाँडरक्सी खाएर हल्ला गर्दैआएको भए पनि प्रहरीले उनीहरूलाई कहिले पनि सुझाव नदिएको बताए ।

कार्यालय तोडफोड गर्ने एक जनालाई पक्राउ गरेर सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताए ।

Loading...