बैतडीमा वन अतिक्रमण गरेर बनाइएका घरमाथि चल्यो डोजर

बैतडी– बैतडीमा वन क्षेत्र अतिक्रमण गरेर बनेका घर तथा टहराहरु भत्काइएको छ। जिल्लाको मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर बनेका २७ ओटा घर तथा टहराहरु भत्काइएको हो।

मेलौलीको वडा नम्बर ७ चापछाड सामुदायिक वन र वडा नम्बर ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी बनेका घर भत्काइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रसाद कंडेलले जानकारी दिए।

Navadurga sun

कानुन विपरीत वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए। वन कार्यालयले यसअघि २ पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको थियो। सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन्।

जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, मेलौली नगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...