

बाजुरा- बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलवार साँझ आएको अविरल वर्षा सँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका–१ का ३१ वर्षीया युवक यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए ।

भैँसी गोठालो गएका उनको राती करिब ८ बजे रुखमा चट्याङ परेर मृत्यु भएको प्रहरीको भनाई छ । घटना स्थल तर्फ प्रहरीको टोली राती १ बजे नै गई सकेको तर घटनास्थल सम्म भने अहिले नपुगेको बताइएको छ । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
