सेती नदीमा नुहाउने क्रममा डुबेर रामेछामका युवक बेपत्ता

कञ्चनपुर- डोटीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर एकजना बेपत्ता भएका छन्। आइतबार बेलुका सेती नदीमा नुहाउने क्रममा डुबेर रामेछाप उर्माकुण्डा गाउँपालिका– ५ कृतिगाउका २४ वर्षीय मिलन तामाङ बेपत्ता भएका हुन्।

Dadeldhura hospital

उनी काठ चिरानको कामको सिलसिलामा डोटी आएका थिए। दिपायल सिलगढी नगरपालिका–३ कैलाडास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh

प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् तर अहिलेसम्म फेला परेका छैनन्। यसअघि आइतबार नै सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको थियो।

 

 

Loading...