फरवार्डले गर्‍यो स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, २८ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ मा रहेको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालयले माक्स र सेनिटाइजर वितरण गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दोस्रो लहरको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकायलाई उक्त शाखाले अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय अत्तरियालाई माक्स र सेनिटाइजर शाखाका कार्यालय प्रमुख गोमती जोराले प्रदान गरेका हुन् ।

Dadeldhura hospital

त्यसैगरी कोभिड-१९ बाट प्रभावित समुदायका मानिसहरुलाई पौष्टिक आहार स्वरुप फलफुल, अण्डा, जुस आदिका साथै सुरक्षाका सामग्री माक्स, सेनिटाइजर आदि शाखाका कार्यालय प्रमुख जोराले प्रदान गरेका थिए ।

यस संस्थाले कोभिड-१९ को पहिलो चरणका समयमा पनि यस्तो किसिमको कार्य गर्दै आएको जानकारी संस्थाका कार्यालय प्रमुखले जानकारी गराएका थिए ।

Loading...