कञ्चनपुरको भू–सेवा केन्द्रमा आगलागी

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मालपोत कार्यालय अगाडि गणेश रावलले सञ्चालन गरेको भु–सेवा केन्द्रको पसलमा बिद्युतको तार सर्ट भएर आगलागी भएको छ।

आगलागीमा भु–सेवा केन्द्रमा रहेका सम्पुर्ण सरसामान जलेका छन्। प्रहरीका अनुसार करिब दुई लाख ८१ हजार सात सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

Navadurga sun

यस्तै सोही स्थानमा रहेको भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियो भित्रका कम्प्युटर, प्रिन्टर र स्क्यानर क्यामेरा पनि जलेर नष्ट भएका छन्।

क्षतिको बिवरण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...