बेलौरीमा छोटी भन्सार सञ्चालनको माग

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै निजी क्षेत्र र नागरिक स्तरबाट दबाबमूलक कार्यक्रम गरिएको छ।

शनिबार बेलौरी उद्योग वाणिज्य संघको संयोजकत्वमा आयोजित कार्यक्रममा छोटी भन्सार कार्यालय नियमित सञ्चालन र स्तरोन्नतिका लागि सरकारसँग माग गरिएको हो।

Navadurga sun

कैलाली भन्सार कार्यालयले छोटी भन्सार कार्यालयमा लगाएको ताला खोलाउन र भन्सार नाका स्तरोन्नति गर्न दबाब सृजना गर्ने गरी जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी र पत्रकारहरुको उपस्थितिमा पहिलो चरणको शान्तिपूर्ण कार्यक्रम गरिएको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्रका सबै सरोकारवाला निकायहरू, जनप्रतिनिधिसहित सबैको साथ सहयोग लिएर अझै सशक्त बिरोधका कार्यक्रमहरू गर्ने भेलामा उपस्थित सबैले प्रतिबद्धता गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...