खटिमामा भयानक दुर्घटना हुँदा चार नेपालीको मृत्यु

gyan kendra dadel

कञ्चनपुर- भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा दुर्घटनामा परि एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ४ जना उक्त दुर्घटनामा मृत्यु भएको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

शनिबार भएको उक्त दुर्घटनामा नेपाल घर भइ खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ajaymeru gaupalika

उनीहरू चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।

Loading...