गोदावरीमा प्रदेश स्तरिय चेस प्रयोगिता सम्पन्न

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलमा सुदूरपश्चिम प्रदेश स्तरिय चेस (बुद्धिचाल) प्रतियोगिता सम्पन्न भएको छ । गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघको संयुक्त आयोजनामा चेस प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगितामा बैतडी, बझाङ्ग, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरबाट गरी ३२ जना खेलाडीहरुले भाग लिई प्रतिस्पर्धा गरेका थिए ।

Bhancha ghar0

आगामी दिनमा विद्यालय स्तरमा चेस एकेडेमीमा कुसल टेनरको व्यवस्थापन गरी सुदूरपश्चिमबाट एक दिन गोल्डमेलडद्वारा चिनाउने लक्ष्य रहेको सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले जानकारी दिए । पर्यटक भित्र्याउनका लागि गोदावरी नगरपालिका बार्ड नं.४ बुढीतोलालाई विशेष प्राथमिकका साथ उक्त ठाउँमा प्रतियोगिता सम्पन्न गर्नमा सहयोग पुर्‍याइएकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

प्रतियोगिता अन्तरगत पुरुष तर्फ प्रथम हुने दिपक धामीलाई १० हजार, द्धितिय हुने धन बहादुर बोकटीलाई ७ हजार ५ सय, तृतिय हुने खडक मन्नीलाई ५ हजार, चौथो हुने भीम दत्त पाण्डेयलाई ३ हजार र पाँचौ हुने राज बहादुर सिंहलाई २ हजार पुरस्कार दिइएको छ ।

त्यस्तै महिला तर्फ प्रथम हुने कुसुम पाण्डेयलाई ४ हजार, द्धितिय हुने खुशी ओझालाई २ हजार ५ सय पुरुस्कार दिइएको थियो भने बिद्यार्थी तर्फ प्रथम हुने अजय बोहरालाई ३ हजार र द्धितिय हुने आसिष बिष्टलाई २ हजार पुरस्कार दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.