बैतडीमा लम्पीस्कीन रोगले चारसय पशु मरे, चार हजारमा संक्रमण

gyan kendra dadel

बैतडी- बैतडीमा पशुहरूमा देखिएको महामारी लम्पीस्कीन रोगका कारण साढे तीन सय बढी पशुहरू मरेका छन् । गत तीन महिना यता फैलिएको यस रोगका कारण किसानहरूका गाई, गोरु, भैँसी र बाख्रा मर्न लागेका हुन् ।

Khanepani dadeldhura

हालसम्म उक्त रोगको संक्रमण जिल्लाका चार हजार बढी पशुमा देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका पशु प्राविधिक डाक्टर विशाल पाठकले बताए ।

ajaymeru gaupalika

लम्पीस्कीनले पशुहरू मर्न थालेपछि किसान चिन्तित भएका छन् । आफूले पालेका दुई भैँसी र एक गाई लम्पीस्कीनका कारण मरेको शिवनाथ गाउँपालिका २ बस्कोटीका करनसिंह साउदले बताए ।

आफूले पालेका पाँच गाईभैसीमध्ये तीन मरेको थप एक भैँसीमा संक्रमण रहेको उनले बताए । उक्त रोगका कारण आफ्नै टोलमा ३किसानका गोरुसमेत मरेको उनले बताए । ब्याउने गाईभैसी मरेपछि दुई लाख २० हजारको क्षति भएको साउदको भनाइ छ ।

udhok dadeldhura

गाउँपालिकाभरिबाट गाईभैसी मरेको भन्दै किसानहरू राहत माग्न आउने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । माग आएपनि राहत प्रदानका लागि रकम अभाव भएको उनको भनाइ छ । पशुहरू मर्न थालेपछि किसानको रोजीरोटी नै खोसिएको अध्यक्ष साउदले बताए ।

अहिले पशुहरूलाई लम्पीस्कीन रोगबाट बचाउनका लागि केही स्थानीय तहका पशु प्राविधिक गाउँघरमै खटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका लगायतका पशु प्राविधिकहरू किसानका घरमा पशुको उपचार गर्न खटिएका हुन् ।

उचित औषधी मगाएर पशुहरू खोज्दै उपचार गर्ने गरेको दशरथचन्द नगरपालिकाका पशु शाखा प्रमुख ईश्वरीदत्त भट्टले बताउनुभयो । उहाँले सबै वडाहरूमा पशु प्राविधिक खटाएको बताए ।

लम्पीस्कीन भाइरसका कारण लाग्ने रोग भएकाले यसको औषधी र खोप नेपालमा उपलब्ध नभएपनि लक्षणहरूको उपचार गर्न सकिने पशु प्राविधिकले बताएका छन् ।

पशुको शरीरमा देखिने दाग तथा गिर्खाहरू, खुट्टा सुन्निने, दूध घटाउने, खानेकुरा नखाने समस्याहरू देखिने भएकाले आवश्यक उपचार गरिरहेको पशुसेवा विज्ञ केन्द्रका प्राविधिक डाक्टर पाठकले बताए ।

 

Loading...