आज साँझ ६ बजे सम्म गोदावरी नगर क्षेत्र बन्दको घोषणा

अत्तरिया– कैलालीको गोदावरी नगर क्षेत्र आज बन्दको घोषणा गरिएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान ८ बजे देखि साँझ ६ बजे सम्म गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको हो । संघर्ष समिति बिहान ८ बजेदेखि अत्तरिया बजारमा खुलेका पसलहरु बन्द गरी सहयोग गरिदिन आग्रह गर्दै हिनेको छ ।

२०७९ माघ २९ गतेका दिन नेपाल सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत गरिएको घोषणा मान्य नहुने भन्दै बिरोधका कार्यक्रमहरु भईरहेका छन् ।

Navadurga sun

पटक-पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध र्याली लगायतका कार्यक्रममहरु गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन नदेखिएकोले कडा संघर्षका कार्यक्रममा जान बाध्य भएको संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले बताए।

सोहि कार्यक्रम अन्तर्गत आज गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरिएको र उक्त बन्द समयावधि भित्र यस क्षेत्रमा रहेका निजि तथा सरकारी विद्यालयहरु, व्यापार–व्यवसायहरु, उद्योग तथा कलकारखाना लगायतका सम्पूर्ण कार्यालयहरु बन्द गरी आन्दोलनलाई सहयोग गरिदिन हुन यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई सघर्ष समितिले हिजो एउटा विज्ञप्ति निकालेर अनुरोध समेत गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...