कैलालीकाे गोदावरीमा दादुरा–रुबेला न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम

अत्तरिया– कैलालीको गोदावरी नगरपालीकामा दादुरा–रुबेला रोगको न्यूनीकरण गर्नका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटीसँगको साझेदारीमा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार मालाखेती अस्पतालमा कार्यक्रमको आयोजना गरेको हो ।

सरकारले २०२३ सम्ममा नेपालबाट दादुरा निर्मुल गर्ने लक्ष लिएको भएपनि यस बर्ष देशका धेरै ठाउँमा दादुरा देखिएपछि यो लक्ष्य पुरा नहुने देखिएको छ । नियमित खोप अभियान सञ्चालन हुँदा पनि दादुरा रोग अझै देखा परिरहेकाले सन २०२६ सम्ममा न्यूनीकरण गरिसक्ने गरी अभियान सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनले दादुराले बालबालिकाको ज्यानै जान सक्ने भएकाले यसको रोकथामका लागि सतर्कता अपनाउन जरुरी रहेको बताए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य शाखा प्रमुख अवस्थीले दादुराको परिचय, दादुरा न्यूनीकरणको लक्ष्य, चुनौती, दादुरा–रुबेलाले हुने समस्या र अभियान सञ्चालनको उद्देश्यका बारेमा प्रशिक्षण दिएका थिए ।

Dadeldhura hospital

गोदावरीको वडा नम्बर ३ मा केही महिना अगाढी दादुराको महामारी फैलिएपछि तुरुन्तै नगरका वडा नम्बर १,२,३ र १० मा रोगको न्यूनीकरण अभियान चलाईएको उनले बताए । उनले उक्त अभियान अन्तर्गत गोदावरीमा १४ हजार बालबालिकालाई खोप लगाई सकिएको र पुनः १५ हजार बालबालिकालाई खोप लगाईने बताए ।

६ महिना देखी १५ बर्ष सम्मका बालबालिकालाई यहि जेठ २८ गतेदेखी दादुराको खोप लगाईने भएको छ । नगरपालिकाले वडामा रहेका बिद्यालयमा खोप केन्द्र राखेर ३ देखी ५ दिन सम्म खोप अभियान सञ्चालन हुने बताइएको छ । खोपकेन्द्र भन्दा टाढा र ज्याला मजदुरी गरिरहेका महिलाहरुका बालबालिकाहरुलाई सोही ठाउमा या घरमै गएर खोप लगाईने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

नगरप्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा नगरउपप्रमुख शारदा रोकाया, नगरपालिकाको कार्यपालिकाका खोप समन्वय समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रोग अझै देखा परिरहेकाले सुदूरपश्चिमको गोदावरी लगायत ३ स्थानीय तहमा यो खोप अभियान सञ्चालन भइरहेको छ । दक्षिणपुर्वि एसियामा सन् २०२६ सम्म दादुरा न्यूनीकरण गर्ने लक्ष्य रहेकाले सो का लागि अभियान नै सञ्चालन गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । नियमित खोप अभियान सञ्चालन हुँदा पनि सन् २०२३ सम्म न्यूनीकरण गरिसक्ने लक्ष्य राखिएको दादुरा रोग अझै देखा परिरहेको छ ।

Loading...