बेलौरी जाने मुल नहर भत्कियो, किसानलाई समस्या

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी हुँदै बेलौरी जाने मुल नहर भत्किएको छ। नहर भत्किएपछि पानी बन्द गरिदा किसानहरु लाई बीउ राख्न समस्या भएको छ । शुक्रबार राती बेलडाँडी गाउँपालिका–२ हुँदै बेलौरी बग्ने नहरमा क्षमता भन्दा बढी पानी छाडदा भत्किएको हो।

‘नहरमा पानी कम थियो, स्थानीयले खेतमा लगाउन बाध बाधेछन,’ महाकाली सिंचाई दित्तिय चरण केन्द्रिय समितिका अध्यक्ष भिमबहादुर थापाले भने, ‘शनिबार बिहान नहरमा पानी बढाइयो, बाधका कारण ओभरफ्लो हुँदा भत्कियो ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

छेउबाट भत्किएर पुन स् नहरमै पानी गएको अध्यक्ष थापाले बताए। उनका अनुसार अहिले नहर मर्मतका लागि स्काभेटर मगाएर माटो भरिदै छ। बढी भत्किएको क्षेत्रमा ढुङ्गाजाली हालिने छ।

‘नहरमा पानी छोड्न करिब एक हप्ता जति लाग्ने छ,’ अध्यक्ष थापाले भने, ‘किसानलाई अहिले रोपाइँ गर्न र उखुमा सिचाइको आवश्यकता छ, सकेसम्म चाडो पानी छाड्ने कोसिस गर्ने छौ।

रोपाईको मुखमै नहर भत्किदा बेलडाडिका बइमलिया, झिलमिला, बैवाह र बेलौरीका भुडा, सडकघाट, शिवनगरका किसानहरुलाई समस्या भएको छ।

Loading...