बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

Dadeldhura hospital

काठमाडौं- बाजुरामा रुखबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्।

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

 

 

Navadurga sun
Godawari sandesh
Loading...