प्रचण्डले पूजा गरेको तस्बिर सेयर गर्दै बाबुरामकाे प्रश्न- हामी कता जाँदैछौं ?

काठमाडौं- भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरे ।

प्रधानमन्त्री प्रचण्डले पूजाको क्रममा ८ थान लगेज लगेको १०८ किलोग्रामका रुद्राक्षका दाना चढाएका थिए । प्रधानमन्त्री दाहालले पहेलो गेरु पहिरिएर पूजा गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।

यता सत्ता घटक नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भने प्रचण्डले पूजापाठ गरेको चित्त बुझेन। उनले प्रचण्डसहित मन्त्रीहरुले पूजापाठ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै टिपप्णी गरेका छन् । उनले लेखेका छन्,‘हामी कता जॉदैछौं ? देश कता जॉदैछ?’

Dadeldhura hospital
Navadurga sun
Godawari sandesh
Loading...