

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कैलालीको जिल्ला युवा सशक्तिकरण समितिको अध्यक्ष पदमा सन्तोष सिंहलाई मनोनीत गरेको छ ।



गोदावरी नगरपालिका वडा नं. ६ निवासी सिंहलाई मन्त्रालयले सो पदमा नियुक्त गरेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार, सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ को उपदफा (२) को खण्ड (क) बमोजिम माननीय मन्त्रीस्तरको मिति २०८३ जेठ ७ गतेको निर्णयानुसार सिंहलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।


सिंहलाई सोही गठन आदेशको दफा ११ को उपदफा (५) बमोजिमको अवधिका लागि अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ ।
मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सिंहले प्रचलित कानुनको अधीनमा रही तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्ने र युवा सशक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । साथै, मन्त्रालयले नयाँ कार्यसमितिको सुखद र सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।