गोदावरीमा ४५ दिने डल्स तथा कुशन बनाउने तालिम सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका मा ४५ दिने डल्स तथा कुशन बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर १ को सभाहलमा आयोजित कार्यक्रममा तालिम समापन गरिएको हो ।

उक्त तालिम व्यवसायीक तथा सीप विकास तालिम केन्द्र र गोदावरी नगरपालिका कार्यालय को सहकार्यमा सञ्चालन गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रम गोपाल दत्त भट्ट को सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रकाशबहादुर बोहरा अतिथिका रूपमा सहभागी रहेका थिए ।

तालिममा २० जना सहभागीहरूले डल्स तथा कुशन बनाउने सीप हासिल गरेका थिए । सहभागीहरूले तालिम आफूहरूको लागि उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।

समापन कार्यक्रममा बोल्नु हुँदै भट्ट ले यस्ता सीपमूलक तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उनले सीप सिकेर आयआर्जनतर्फ अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो । तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यवसाय सञ्चालन गर्न सके आर्थिक रूपमा बलियो बन्न समेत सकिने समेत बताउनु भयो ।

त्यस्तै कार्यक्रमको संचालन गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले गर्नु भएको थियाे । प्रशिक्षकको रुपमा रूपा कुमारी चौधरीको उपस्थिति रहेको थियो ।

Loading...