लागु औषधमा संलग्न रहेका ७० जनामाथी कारबाही

अत्तरिया- कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थीक वर्षको हालसम्म लागु औषधमा संलग्न रहेका ७० जनालाई पक्राउ गरी कारबाही अगाडी बढाएको छ । जस्मा महिला ५ जना र पुरुष ६५ जना रहेका छन् ।

Dadeldhura hospital

प्रहरीले हालसम्म उनीहरुबाट १७ किलो २३१ ग्राम लागु औषध चरेश,४६ ग्राम ७८२ मिलिग्राम लागु औषध खैरोहेरोईन र ६७ ट्याब्लेट लागु औषध नाईट्रोभेट बरामद गरेको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेकामाथी लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालले बताएका छन् ।

Loading...