

धनगढी- कैलालीबाट दुई सय ४४ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले आयोगमा मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।



अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धि जाँचबुझ आयोगले पीडितहरुबाट निवेदन माग गरेको थियो । सोही अनुसार अनलाइनमार्फत् उनीहरुले उजुरी दर्ता गराएका छन् ।


वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुई सय ४४ जनाको उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘यहाँबाट निवेदन दर्ता गर्ने कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब, त्यसपछि के गर्ने ? त्यस प्रश्नमा माथिबाट निर्देशन आइसकेको छैन ।’ आयोगले दिएको निर्देशन अनुसार अगाडि बढ्ने जोशीको भनाइ छ ।
उनका अनुसार कतिपय पीडितहरुको उजुरी दर्ता भएपनि प्रमाण केही छैन । त्यस्तै, अनुचित लेनदेन पनि कसैका अत्यधिक कसैका केही कम छन् । त्यसैले उजुरीको ‘क्याटेगरी’ छुट्याउने कार्य पनि हुने जनाइएको छ ।

