बझाङ- सेती नदिमा हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ४ गोलाई र वडा नं ९ देवल जोड्ने सेती नदिको झुलङ्गे पुलबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा सोही नगरपालिका–३ का अन्दाजी ४० वर्षिय कविराज खड्का रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
बिहिवार बिहान ९ बजे पुलबाट हाम फालेका खड्काको करीब सय मिटर तर ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको छ । अहिले जिल्ला प्रहरी कार्यलय बझाङबाट प्रहरी निरीक्षक जनक ढुङ्गानाको कमान्डमा प्रहरी टोली घटनास्थल तर्फ गएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
