११ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल–भारत काव्य गोष्ठी

बैतडी- नेपाल–भारत काव्य गोष्ठी मंगलबार सम्पन्न भएको छ। स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको राष्ट्रियता संरक्षण अभियानका अभियन्ता महेश प्रसाद भट्टले बताए।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा उपस्थित नेपाल भारतका कवी तथा साहित्यकारले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने धारणा राखेका थिए। भारतका साहित्यका तथा लेखक एवं नयामुक्त अभियानका अभियन्ता डा।पिताम्बर अवस्थीले यस क्षेत्रका पुराना न्वाला, कुवा, पँधेरा एवं पहिरनको समेत संरक्षण गर्नुपर्ने धारणा राखेका थिए।

Dadeldhura hospital

घोषणापत्र जारी गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले चर्मण्यावती ९चमेलीया० सभ्यताको अध्ययन एवं प्रचारप्रसारका लागि डिलाशैनी गाउँपालिकाले भुमिका खेल्ने बताए। उनले घोषणापत्रमा उल्लेख गरिएको सबै बुँदालाई कार्यान्यनमा लैजाने भन्दै नदी किनारका अन्य स्थानीय सरकारसँग पनि यसका बारेमा छलफल गर्ने बताए।

सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताए। सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल भारतको रोटीबेटीको सम्बन्ध मात्रै नरहेको भन्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताए। उनले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिए। उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकै प्रकृतिको रहेकोले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने धारणा राखे।

यस्तै कार्यक्रममा सहभागी साहित्यकार पुरनसिंह दयालले दुईदेशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताए। समाजसेवी महेशदत्त भट्टले चौलानी नदी संकटमा पर्दै गएकाले यसको संरक्षण हुनुपर्नेमा जोड दिए।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले चर्मण्यावती सभ्यता संरक्षण तथा लोकसंस्कृतिको जगेर्ना गर्न गाउँपालिका लागिपरेको दाबी गरे। लोकसंस्कृति संरक्षणकै लागि पालिकाले साहित्य सम्मेलन आयोजना गरेको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

Loading...