बेदकोट नगरपालिकामा सात दिने मालापोते तालिम सुरु

अत्तरिया- कञ्चनपुरको बेदकोट नगरपालिकामा दलित लक्षित क्षमता अभिवृद्धि आत्मनिर्भर र उन्नतीका लागि सात दिने मालापोते तालिम सुरु भएको छ । पेलितालेस्वर एकता समाज दैजीको आयोजनामा सात दिने मालापोते तालिम सुरु भएको हो ।

समाजका अध्यक्ष यज्ञ सार्कीको सभापतित्वमा भएको तालिममा प्रमुख अतिथि वदकोट नगर प्रमुख भोजराज बोहरा रहेका थिए । नगर प्रमख बोहराले तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

सो तालिमा १५ जना महिलाहरु सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा विशिष्ट अतिथि बेदकोट नगरपालिकाका  उप-प्रमुख तुलसी जोशी रहेका थिए । उक्त कार्यक्रममा वडा अध्यक्ष मोहन गुर्धामी, वडा सदस्य दयाराम राना लगायतको उपस्तिथी रहेको थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.