रेशम चौधरी विरुद्ध कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर- राष्ट्रपतिले आममाफी दिएपछि सोमबार डिल्लीबजार जेलबाट रिहा भएका रेशम चौधरी विरुद्ध कञ्चनपुरमा प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगर कार्य समितिले टिकापुर घटनाका मुख्य आरोपी रेशमलाई सरकारले माफि दिएको भन्दै कञ्चनपुरको झलारीमा बिरोध प्रदर्शन गरेको छ।

नेविसंघले झलारीको प्रतिक्षालयमा सोमबार सरकार बिरुद्ध नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेको हो।प्रचण्ड सरकार मुर्दावाद, गणतन्त्रको हत्या गर्न पाइँदैन,यस्तो सरकार चाहिँदैन लगायतका नारा लगाएका थिए ।टिकापुर हत्याकाण्डका मुख्य नाइके चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएकोमा सरकारले राजनीतिक स्वार्थका कारण कानुनको धज्जी उडाउँदै आममाफी दिनु गलत भएको नेवि संघका नगर संयोजक रमेश रावलले बताए ।

Navadurga sun

‘टिकापुर हत्याकाण्डका मुख्य योजनकार रहेका चौधरीलाई सरकारले सत्ता टिकाइराख्नका लागि कानुनको उल्लंघन गर्दै चौधरीलाई आममाफी दिइनु कदापी राम्रो नभएको उनले बताए । गणतन्त्रको हत्या गर्ने काम गरिएको उनको भनाई छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिइनुले न्यायालयको हत्या गररिएको अनुभूति आफुहरुले गरेको उनको भनाई छ।

सरकारको आग्रहमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। टीकापुरमा २०७२ को भदौमा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। चौधरीलाई सोहि घटनाको मुख्य योजनाकार रहेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो ।चौधरीलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलालाई जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...