कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापा सहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले सोमबार महेन्द्रनगर बसपार्कस्थित होटल रतुवाबाट अध्यक्ष थापा सहितलाई नगद पक्राउ गरेको हो ।
पक्राउ गरिएका उनीहरुबाट नगद डेढ लाख बरामद गरिएको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज लोकेन्द्र सिह ठगुन्नाले उनीहरुलाई नगद रकम सहित पक्राउ गरिएको बताए ।
वडा अध्यक्ष थापा सहित सबैलाई प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयले उनीहरुको मेडिकल गर्ने तयारी गरेको छ । अध्यक्ष थापा पक्राउ परेपछि काँग्रेस नेताहरु प्रहरी कार्यालय पुगेका छन् । अध्यक्ष थापा २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा ११ बाट निर्वाचित भएका हुन् ।
