कञ्चनपुरमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले बताएको छ।

सर्पले टोकेपछि उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Loading...