मन्त्री सोडारीविरुद्ध हातपात गरेको आरोपमा जाहेरी दर्ता

धनगढी, २६ जेठ- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता भएको छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले आफूमाथि हातपात गरेको आरोपमा सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मन्त्री सोडारी विरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सो विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

प्रदेश सचिव रावलले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउन गएका बेला सोडारीले आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

मन्त्रीको सचिवालयले उक्त आरोपको यसअघि नै विज्ञप्ति निकालेर खण्डन गरेको छ । सचिवालयले रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको विज्ञप्तिमार्फत जनाएको थियो । मन्त्री सोडारी नेकपा एमाले (माधव पक्ष) नेता हुने भने रावल (ओली पक्ष) हुन् ।

Loading...