बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

बैतडी- बैतडीमा सार्वजनिक यातायातका साधनहरूको नयाँ भाडादर निर्धारण गरिएको छ। आजदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालनमा रहेका छोटो दूरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको हो।

Dadeldhura hospital

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सरोकारवालाको बैठकले नयाँ भाडादर निर्धारण गरिएको बताए। तोकीएको नयाँ भाडादरभन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने जनाएको छ।

Navadurga sun
Godawari sandesh

बैठकले राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकहरुका खाल्डा पुरेर मर्मत गरि सडक चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाा हुने गरेको पाइएकाले त्यस्तो नगर्न पनि प्रशासनले आग्रह गरेको छ। क्षमताभन्दा बढी यात्रु बोकेको पाइए कानुनबमोजिम कारवाही गरिने जनाइएको छ। यसका साथै गोठलापानी बजारमा गाडी पार्किङ नगर्न पनि अनुरोध गरेको छ।

 

Loading...