दुर्गालक्ष्मी नमुना माविले आजदेखी कक्षा ८ को अनलाईन माध्यमवाट परीक्षा लिदै





अत्तरिया, २६ जेठ- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक बिधालयले आजवाट अनलाईनवाट परीक्षा संचालन गरिने भएको छ । कोरोनाका कारण भौतिक उपस्थितीमा संचालन गर्ने अबस्था नरहेपछि सो बिद्यालयले आजदेखी कक्षा ८ को बार्षिक परीक्षा अनलाईनवाटै लिन लागेको हो ।



परीक्षा बिहान र साझाँ गरी दुई चरणमा लिईने विद्यालयले जनाएको छ । उक्त परिक्षा आज देखी २८ गतेसम्म संचालन हुने बिद्यालयका प्रध्यानाध्यापक शिवराज जोशीले जानकारी दिए । अनलाईनवाट परीक्षा संचालनका लागि बिद्यालयका ५ जना शिक्षकहरुलाई सम्पर्क ब्यक्ति तोकेर बिद्यार्थीहरुसंग समन्ब्य र परीक्षा संचालनको जिम्मेवारी दिइएको जोशीले बताए ।


परीक्षा आधा घण्टाको मात्रै हुने भएकाले परीक्षा सुरु हुनुपूर्व पनि सम्पर्क ब्यक्ति तोकिएका शिक्षकहरुले सबै बिद्यार्थीहरुलाई पहिला बुझाउने छन् । कक्षा ८ देखी माथि सबैको परीक्षा अनलाईन माध्यमवाटै संचालन गर्ने बिद्यालयले तयारी गरेको छ । कक्षा ८ भन्दा तलको परीक्षा भने आन्तरिक मूल्याङ्कनवाटै लिइने प्रध्यानाध्यापक जोशीले बताए ।



