टावर छ, नेटवर्क छैन

बैतडी- पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्। जिल्लामै बढी जनसङ्ख्या रहेको पुरचौँडी नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ।

Dadeldhura hospital

पुरचौँडी नगरपालिकामा मात्र ४० हजार जनसङ्ख्या रहेको छ। यो नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा रहेको टेलिकमको टावरले बादल लागेको दिन काम नगर्दा सञ्चारबाट वञ्चित हुनु परेको स्थानीय दिनेश नागारीले बताए। पाटन नगरपालिका–१०, ठाँटा बजार वा मटे गाउँ नजिक टेलिकमको टावर निर्माण गर्न सके सिगास र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्मका सेवाग्राहीलाई सजिलो हुने स्थानीय परमानन्द भट्टले बताए ।

Navadurga sun
Godawari sandesh

पाटन नगरपालिका–१ का बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँमा पनि फोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनु पर्छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, सपराली र बवेत गाउँमै टेलिकमको नेटवर्कले काम गर्दैन। यहाँका स्थानीय फोन गर्न अग्लो डाँडातिर जाने गरेका छन्।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिमको प्रयोग गरेर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।

 

Loading...