अत्तरिया– सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक गन्तव्य कैलालीको गोदावरी क्षेत्रलाई व्यवस्थित गर्न धनगढीमा रहेको स्वाभीमानी समूहद्वारा ज्ञापनपत्र बुझाइएको छ ।



आइतबार स्वाभीमानी समूहको टिमले गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको कार्यकक्षमै भेटेर ज्ञापनपत्र बझाएका हुन । समूहले गोदावरी क्षेत्रमा आर्यघाटको उचित व्यवस्थापन ,व्यवस्थित पिकनिक स्थल ,पुरानो पुलको रङ्गरोगन आदि विषयमा ध्यानाकर्षण गराएको स्वाभिमानी समूह धनगढीका अध्यक्ष दिपक मल्लले बताए ।


ज्ञापनपत्र बुझ्दै गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले आफू यी विषयमा गम्भीर भएको र नगरपालिकाले गोदावरीको बृहतर विकासका लागि योजना भएको र छिट्टै कार्यान्वयनको चरणमा जाने बताए ।
करिबन २ वर्ष अगाडि धनगढीका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुले गठन गरेको यो संस्थाले विभिन्न समयमा समाज सुधारका गतिविधि एवं सामाजिक कार्य गर्दै आएको छ । हाल समूहमा ४० भन्दा बढी सदस्य रहेको सकृय सदस्य पुस्पराज पाण्डेले बताए ।





