

बैतडी- बैतडीमा मलामी गएका एक व्यक्ति घाइते अवस्थामा भेटिएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद आइतबार बिहान बेहोस भएको अवस्थामा भेटिएका हुन्।



साउद गाउँका करिब ७० जना मलामीसँगै खोला बगर चिहान घाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए।


साँझ घाइते साउदलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

