नगर विकास जमिन घोटालाविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता आमरण अनशनमा

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटाला काण्डविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता आमरण अशनसमा बसेका छन्। मोहन वैद्य किरण नेतृत्वको उक्त पार्टीको कञ्चनपुरका तीन नेता आमरण अनशनमा बसेका हुन्।

युवा नेता दीपेन्द्रसिंह ऐरी, जयबहादुर रोकाया र नीरज विकले आइतबार भीमदत्त नगरपालिका– ४ मदनचोकमा अनशन बसेर आन्दोलन सुरु गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरको गुरुयोजनाविपरीत भ्रष्टाचार गरेको गिरोहलाई बचाउन खोजेको भन्दै तीनैजनाले भोक हडतालसहित आमरण अनशनमा बसेको बताएका छन्।

उक्त पार्टीले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर विकास प्रकरणमा अख्तियार र सरकारले बेवास्ता गरेको भन्दै राज्यको सम्पत्ति जोगाउन दबाबमूलक आन्दोलन गर्ने घोषणा गरेको थियो।

महेन्द्रनगर नगर विकास जमिन घोटाला गर्ने गिरोहमाथि कारबाहीको माग अघि सारेर आमरण अनशनसहित अख्तियारले उक्त घोटालामा दोषी ठहर गरेकाहरूलाई कारबाही गर्नुपर्ने, कानुनविपरीत वितरण भएका जमिन फिर्ता हुनुपर्नेलगायत उनीहरूको माग छ।

Loading...