कैलालीको गोदावरी-७ ले ९१ लाख २० हजार बढीको बजेट सार्बजनिक

अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर ७ ले आर्थीक बर्ष २०८०/०८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ७ औं वडा भेलामा वडा अध्यक्ष कलावती साउदले वडाका योजना तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन ।

Dadeldhura hospital

उनले झण्डै ९१ लाख २० हजार ३९ रुपयाको बजेट प्रस्तुत गरेकी हुन । जस अनुसार समानिकरण बाट आउने ८० लाख र सुत्रमा आधारित ११ लाख २० हजार ३९ को सिलिङ रहेको छ ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा उपप्रमुख सारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, बिभिन्न वडाका अध्यक्ष, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मनतब्य वडा सदस्य चेत बहादुर एरले गरेका थिए भने कार्यक्रमको सन्चालन सिद्द बोहराले गरेका थिए ।

Loading...