सुदूरपश्चिम प्रदेश सभा बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको दिउँसो २ बजे आह्वान गरिएको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको ९ औं बैठक बिशेष कारणबस शनिवार साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयले एक सूचना टाँस गर्दै विशेष कारणबस बैठक आज साँझसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । ‘शनिबार दिनको २ बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको नवौ बैठक विशेष कारणवस स्थगित भई आज साँझ ५ बजे बस्ने सूचनामार्फत जानकारी गराइन्छ’ सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।

Navadurga sun

प्रदेश सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन नसक्दा बैठक साँझसम्मका लागि स्थगित गरिएको जनाइएको छ। प्रदेश सरकारले पूर्णता पाएलगत्तै संसदीय समिति विस्तार गरिने जनाएको छ।

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...