थप ३० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८९

काठमाडौं- थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९४४ नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४४ र एन्टिजेनबाट ६०० नमुना परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो।

Navadurga sun

यो अवधिमा १३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ८९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...